विना विभागीय बनाइएका मधेश प्रदेशका २ मन्त्रीले दिए राजीनामा
अखबार टुडे
प्रकाशित:
२०८०, १५ श्रावण

काठमाडौं, १५ साउन । मधेश प्रदेश सरकारबाट एक जना मन्त्री र एक जना राज्यमन्त्रीले राजीनामा दिएका छन् । मन्त्रालय खोसेर विना विभागीय मन्त्री बनाइएका जनमत पार्टीका वसन्त कुशवाहा र राज्यमन्त्री संजयकुमार यादवले राजीनामा दिएका हुन् ।

कुशवाहाले सम्हालेको भूमि व्यवस्था कृषि तथा सहाकारी मन्त्रालय जेठ ९ मा मुख्यमन्त्री सरोजकुमार यादवले खोसेर एकीकृत समाजवादीका गोविन्द न्यौपानेलाई नियुक्त गरेका थिए । त्यसयता दुवै जना विना विभागीय मन्त्री थिए ।

दुवैलाई हटाएर अब हुने मन्त्रिपरिषद् विस्तारमा प्रमुख सचेतक चन्दन सिंह र राज्यमन्त्रीका लागि दलितबाट प्रतिनिधित्व गर्न मञ्जु खंगलाई पठाउने तयारी जनमतले गरेको छ । आज मधेश सरकारले छैटौं पटक मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया