गायिका रोशनी ‘राष्ट्रिय क्रियटिभ नागरिक अवार्ड’द्वारा सम्मानीत
अखबार टुडे
प्रकाशित:
२०७९, २५ चैत्र

काठमाडौं । गायिका रोशनी रसाइँली ‘राष्ट्रिय क्रियटिभ नागरिक अवार्ड-२०७९’द्वारा सम्मानीत भएकी छन् । नागरिक बोर्ड डटकमले संघीय राजधानी काठमाडौंमा आयोजना गरेको कार्यक्रममा गायिका रोशनी अवार्डेड भएकी हुन् ।

डेड दशकभन्दा लामो समयदेखि नेपाली गीतसंगीत क्षेत्रमा सक्रिय रहँदै रहेकी रोशनीले पुर्याएको योगदानको कदर गर्दै ‘राष्ट्रिय क्रियटिभ नागरिक अवार्ड’द्वारा सम्मानीत गरिएको आयोजक नागरिक डटकमले जनाएको छ ।

नागरिक डटकमले राष्ट्रियव्यापीरुपमा आयोजना गरेको प्रतिस्पर्धात्मक प्रतियोगितामा निर्णायक समितिको निष्पक्ष मूल्यांकनका आधारमा रोशनीलाई ‘राष्ट्रिय क्रियटिभ नागरिक अवार्ड–२०७९’द्वारा विभूषित गरिएको आयोजकले जनाएको हो ।

उक्त अवार्डका लागि लेखक तथा साहित्यकार भेषराज फुलारा, संगीतकार शिवराज गौतम, हरि किशोर यादव, भरत ढकाल, पद्मकन्या बहुमुखी क्याम्पसका उप–प्राध्यापक ज्ञानजिष्ट ज्ञवाली निर्णायक रहेका थिए ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विभिन्न कलाकारले गीतसंगीत प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया