काठमाडौं, ९ चैत । एएफसी यू–२० महिला एसियन कप छनोटको दोस्रो चरणमा नेपाल ‘समूह बी’ मा परेको छ । एएफसीले बिहीबार सार्वजनिक गरेको ड्र अनुसार नेपालले चीन, म्यानमार र चाइनिज ताइपेईसँग खेल्नुपर्ने भएको हो ।
प्यलेस्टाइनमा भएको पहिलो चरणको छनोटमा नेपाल समूह बी को विजेता बन्दै दोस्रो चरणको छनोटमा स्थान बनाएको थियो । दोस्रो चरणको छनोटमा चीन र म्यानमार नेपाल भन्दा माथिल्लो वरीयता प्राप्त टिम छन् ।
पहिलो चरणबाट समूह विजेता बन्दै आएका ८ टिमलाई दोस्रो चरणमा दुई समूह्यमा विभाजन गरिएको छ । समूह ए मा अष्ट्रेलिया, भियतनामा, इरान र लेवानान छन् । दुवै समूहको शीर्ष दुईमा रहने टोली अर्को वर्ष उज्वेकिस्तानमा हुने यू २० महिला एसिनय कपमा छनोट हुनेछन् ।
दोस्रो चरणको छनोट खेलहरु आगामी जुन ३ देखि १३ सम्म हुनेछ । आयोजक उज्वेकिस्तानसहित अघिल्लो संस्करणको तीन उत्कृष्ट टोली जापान, उत्तर कोरिया र दक्षिण कवरियाले भने सिधै अन्तिम चरणमा स्थान बनाइसकेका छन् ।