सरकारमा जाने राप्रपाको निर्णय
अखबार टुडे
प्रकाशित:
२०७९, १३ पुष

काठमाडौं, १३ पसु । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि सरकारमा जाने भएको छ । बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी सरकारमा जाने निर्णय गरेको हो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई यसअघि नै समर्थन गर्ने निर्णय गरेको राप्रपा सरकारमा सहभागी हुनेबारे अनिर्णित थियो । तर, बुधबारको बैठकमा सहभागी अधिकांश नेताले सरकारमा जानुपर्ने सुझाव दिएपछि सरकारमा जाने निर्णय गरेको हो ।

पार्टीका एक नेताका अनुसार बैठकमा निर्देशन समिति गठन, लेवी र सांसदको स्वकीय सचिव नियुक्ति, पार्टी हितविपरीत गतिविधि गर्नेलाई कारबाहीलगायतका विषयमा समेत छलफल भएको थियो ।

प्रतिक्रिया