‘लाइभ डिबेट’मा आउन देउवालाई ओलीको चुनौती
प्रकाशित:
२०७९, १ कार्तिक

काठमाडौं, १ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘लाइभ डिबेट’मा आउन प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनौति दिएका छन् ।
पश्चिमा देशहरुमा चुनावको बेला ‘लाइभ डिबेट’ हुने गरेको उल्लेख गर्दै देउवासँग चुनावी एजेण्डाका आधारित बहसका लागि आफू तयार रहेको बताएका हुन् ।
ओलीले फेसबुकमा लेखेका छन्, ‘सामाजिक सञ्जालमा रहेका धेरै साथीहरुले लाईभ डिबेटमा आउन आग्रह गर्नु भएको छ । धेरैजसोले मेरो र नेका‘का सभापति शेरबहादुर देउवाजीबीच एजेण्डा आधारित बहसका लागि सुझाव दिनु भएको छ । निर्वाचनको समयमा पश्चिमा देशहरुमा यस्तो डिबेट हुने गरेको छ । म त यसका लागि तयार छु, देउवाजी नि ? ।’
प्रतिक्रिया
सम्बन्धित समाचार
विश्वकपमा मेसीको कीर्तिमान
‘अपरिचित नम्बरबाट आउने एसएमएस र लिंकप्रति सतर्क रहनुस्’
यस्तो छ यस बर्षको ‘राष्ट्रिय धान दिवस’को नारा
याक्थुङ मुन्चइतको आयोजनामा सम्पन्न एक हप्ते लिम्बू चलचित्र निर्माण कार्यशालामा को-को सहभागी भए ?
बन्जी जम्पिङ गर्दा डोरी बाँध्न बिर्सेपछि दर्दनाक दुर्घटना, २१ वर्षकी युवतीको मृत्यु
