‘लाइभ डिबेट’मा आउन देउवालाई ओलीको चुनौती
अखबार टुडे
प्रकाशित:
२०७९, १ कार्तिक

काठमाडौं, १ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘लाइभ डिबेट’मा आउन प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनौति दिएका छन् ।

पश्चिमा देशहरुमा चुनावको बेला ‘लाइभ डिबेट’ हुने गरेको उल्लेख गर्दै देउवासँग चुनावी एजेण्डाका आधारित बहसका लागि आफू तयार रहेको बताएका हुन् ।

ओलीले फेसबुकमा लेखेका छन्, ‘सामाजिक सञ्जालमा रहेका धेरै साथीहरुले लाईभ डिबेटमा आउन आग्रह गर्नु भएको छ । धेरैजसोले मेरो र नेका‘का सभापति शेरबहादुर देउवाजीबीच एजेण्डा आधारित बहसका लागि सुझाव दिनु भएको छ । निर्वाचनको समयमा पश्चिमा देशहरुमा यस्तो डिबेट हुने गरेको छ । म त यसका लागि तयार छु, देउवाजी नि ? ।’

प्रतिक्रिया