सल्यानको कपुरकोटमा जीप दुर्घटना, ८ जनाको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७९, १२ आश्विन

दाङ, १२ असोज । सल्यानको कपुरकोटमा आज बिहानै जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बाँकेको कोहोलपुरबाट सल्यान रिङका लागि छुटेको रा१ज ५६३ नम्बरको जीप सल्यानको कपुरकोट गाउँपालिका–३ मुलपानीमा बुधबार बिहान दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता सन्तोष खनालका अनुसार दुर्घटनामा ८ जना मृत्यु भएको बताए । मृतक सल्यानको कपुरकोटकै विभिन्न वडाका रहेका छन् । उनीहरू सबैको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा सख्त घाइते जनालाई उद्धार गरी उपचारका लागि दाङ तुलसीपुर पठाइएको छ ।
जीप करिब ३ बजे भीरबाट १५० मिटर तल खसेको थियो । प्रहरीका अनुसार उक्त जीपमा ९ जना सवार रहेका थिए ।

प्रतिक्रिया