सल्यानको कपुरकोटमा जीप दुर्घटना, ८ जनाको मृत्यु
प्रकाशित:
२०७९, १२ आश्विन

दाङ, १२ असोज । सल्यानको कपुरकोटमा आज बिहानै जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बाँकेको कोहोलपुरबाट सल्यान रिङका लागि छुटेको रा१ज ५६३ नम्बरको जीप सल्यानको कपुरकोट गाउँपालिका–३ मुलपानीमा बुधबार बिहान दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता सन्तोष खनालका अनुसार दुर्घटनामा ८ जना मृत्यु भएको बताए । मृतक सल्यानको कपुरकोटकै विभिन्न वडाका रहेका छन् । उनीहरू सबैको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा सख्त घाइते जनालाई उद्धार गरी उपचारका लागि दाङ तुलसीपुर पठाइएको छ ।
जीप करिब ३ बजे भीरबाट १५० मिटर तल खसेको थियो । प्रहरीका अनुसार उक्त जीपमा ९ जना सवार रहेका थिए ।
प्रतिक्रिया
सम्बन्धित समाचार
विश्वकपमा मेसीको कीर्तिमान
‘अपरिचित नम्बरबाट आउने एसएमएस र लिंकप्रति सतर्क रहनुस्’
यस्तो छ यस बर्षको ‘राष्ट्रिय धान दिवस’को नारा
याक्थुङ मुन्चइतको आयोजनामा सम्पन्न एक हप्ते लिम्बू चलचित्र निर्माण कार्यशालामा को-को सहभागी भए ?
बन्जी जम्पिङ गर्दा डोरी बाँध्न बिर्सेपछि दर्दनाक दुर्घटना, २१ वर्षकी युवतीको मृत्यु
