ओलीको प्रश्न- ‘हाम्राविरुद्ध सञ्चारमाध्यम झुसे बारुलो भएर खनिन हुने, हामी अरिङाल हुन नहुने ?
अखबार टुडे
प्रकाशित:
२०७९, ७ आश्विन

काठमाडौं, ७ असोज । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीविरुद्ध भ्रम फैलाउनेमाथि अरिङाल भएर खनिन निर्देशन दिएका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले शुक्रबार युवा संघको कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘हाम्राविरुद्ध सञ्चारमाध्यमहरु झुसे बारुलो भएर खनिन हुने, हामीचाहिँ अरिङाल हुन नहुने ? हाम्राविरुद्ध भ्रम फिजाउने, प्रचारबाजी गर्नेहरुलाई अरिङाल भएर ध्वस्त पार्नैपर्छ ।’ अध्यक्ष ओलीले यसो भनिरहँदा तालीले हल गुञ्जायस भएको थियो । त्यसपछि ओलीले एक छिन रोकेर भने, ‘हामीमाथिको आक्रमणविरुद्ध अरिङ्गाल नै लगाउने हो ।’

यसअघि आफूले अरिङ्गालझैं प्रतिकार गर्नुभन्दा अरिङ्गाल लगाउने भनेर कुप्रचार गरिएको ओलीले बताए । उनले पछिल्लो प्रविधिको प्रयोग गर्न र जिउँदो युवा बन्न युवा संघलाई निर्देशन दिए ।

प्रतिक्रिया