प्रतिबन्धका बाबजुद पनि इन्धन विक्रीबाट रुसको आम्दानी झण्डै दोब्बर
अखबार टुडे
प्रकाशित:
२०७९, १९ बैशाख

काठमाडौं, १९ वैशाख (एजेनसी) । युक्रेनमा आक्रमण सुरु गरेपछि रुसले विभिन्न देशहरुबाट प्रतिबन्धको सामना गरिरहेको छ । प्रतिबन्धका बाबजुद पनि रुसले खनिज इन्धन बेचेर झण्डै दोब्बर आय गरेको पाइएको छ ।

विक्री हुने इन्धनको आयातन घटे पनि मूल्य बढेकाले रुसले मुनाफा बढाउन सफल भएको हो । सेन्टर फर रिसर्च अन इनर्जी एण्ड क्लिन एयरले जहाज आवागमन र कार्गोको विश्लेषणमार्फत निकालिएको निष्कर्षमा पछिल्लो दुई महिनामा रुसले तेल, ग्यास र कोइला बेचेर मात्र ६२ अर्ब युरो हात पारेको तथ्याङ्कले देखाएको छ ।

जसको ७१ प्रतिशत युरोपेली संघले पाएको थियो । यो रकम अघिल्लो वर्षको यही अवधिको भन्दा झण्डै दोब्बर हो । यस अध्ययनले युरोपको ऊर्जा आपूर्तिमाथि कब्जा जमाएका कारण प्रतिबन्धका बाबजुद रुसी मुनाफा कम नभएको देखाएको छ । जबकि युरोपेली सरकारले रुसलाई वित्तीय रूपमा कमजोर बनाउने प्रयास गरिरहेका छन् ।

उनीहरू पुटिनले तेल र ग्यासलाई आर्थिक औजार बनाउने हुन् की भनेर चिन्तित छन् । युद्ध र प्रतिबन्धले रुसी पेट्रोलियम पदार्थको निर्यात घटेको छ तर प्रतिबन्धले विश्वभर रुसी खनिज इन्धनको मूल्य बढाएपछि रुसलाई नै फाइदा गरेको छ ।

विश्व कोभिड–१९ महामारीबाट तङ्ग्रिदै गएको अवस्थामा अर्थतन्त्र महगिँदै जाँदा तेलको भाउ युक्रेन युद्धअघि देखि नै बढ्न सुरु भएको थियो । सेन्टर फर रिसर्च अन इनर्जी एण्ड क्लिन एयरको तथ्याङ्क अनुसार अप्रिलका सुरुवाती तीन हप्तामा रुसबाट विदेशी बन्दरगाहमा हुने कच्चा तेल ढुवानी जनवरी र फेब्रुअरीको सोही अवधिको तुलनामा ३० प्रतिशतले झरेको थियो ।

गत दुई महिनाको अवधिमा जर्मनी रुसी तेलको सबैभन्दा ठूलो निर्यातक रह्यो।रुसी तेलमाथिको रुसी निर्भरता कम गर्ने वाचा गरे पनि जर्मनीले अवधिमा तेल आयातको लागि रुस ९ अर्ब युरो भुक्तानी ग¥यो ।

इटाली र नेदरल्याण्ड पनि रुसी खनिज इन्धनको ठूला खरिदकर्ता रह्यो, जसले ६.८ अर्ब युरो र ५.६ अर्ब युरो खर्चिए । यी मुलुकले कच्चा पेट्रोलियम पदार्थको प्रशोधन पनि गर्छन् । जहाँबाट ती अन्य देशमा पनि पुग्छन् ।

प्रतिक्रिया