युक्रेनसँग युद्धको ४४औँ दिमा रुसले परिवर्तन गर्यो युद्ध कमाण्डर
अखबार टुडे
प्रकाशित:
२०७८, २६ चैत्र

काठमाडौं, २६ चैत । रुसले युक्रेनविरुद्धको युद्धमा कमाण्डर परिवर्तन गरेको छ । एक जना पश्चिमा अधिकारीले रुसले युक्रेन कारबाहीको नेतृत्व हेरफेर गरेको पुष्टि गरेका छन् ।

नयाँ जेनरलसँग सिरिया युद्धको व्यापक अनुभव रहेको बताइएको छ । बीबीसीका गर्डन करेरासँग नाम नखुलाउने शर्तमा उक्त स्रोतले बताए उनका अनुसार रुसको दक्षिणी सैन्य जिल्लाका कमान्डर जेनरल अलेकसान्डर डीभोर्निकोभले युक्रेन आक्रमणको नेतृत्व गरेको छन् ।

ती कमान्डरसँग सिरियामा रुसी कारबाहीको लामो अनुभव रहेको र रुसी फौजमाथिको नियन्त्रण अब सुध्रिने अपेक्षा राखिएको स्रोतलाई उदृत गर्दै बीबीसील उल्लेख गरेको छ ।

युक्रेन आक्रमणमा खटिएका विभिन्न इकाईसँग संयोजन सुधार्ने प्रयत्नस्वरूप नयाँ कमान्डर खटाइएको बताइएको छ । यस घि विभिन्न क्षेत्रमा छुट्टाछुट्टै कमान्डरले युद्ध चलाइरहेको बताइएको छ ।

युद्धको ४४औँ दिन पुग्दा रुसले उसको युद्धको लक्ष्य प्राप्त गर्न अहिलेसम्मको अवस्था हेर्दा कठिन रहेको, किएभ जस्ता मुख्य शहरमा नियन्त्रण जमाउन नसकेको र अहिले पूर्वको डोनबास क्षेत्रमा केन्द्रित हुनुपरेको समाचारहरुमा जनाइएको छ ।

प्रतिक्रिया