प्रधानमन्त्री देउवाले चैत १९ मा मोदीलाई भेट्ने
अखबार टुडे
प्रकाशित:
२०७८, १४ चैत्र

काठमाडौं, १४ चैत । प्रधानमन्त्री शेरबहादुर देउवा चैत १८ गते भारत भ्रमणमा जाने भएका छन् । सोमबार नेपाल र भारतको परराष्ट्र मन्त्रालयले एकै समयमा विज्ञप्ति जारी गर्दै भ्रमणको औपचारिक जानकारी दिएको हो ।

प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच चैत १९ गते शनिबार भेटवार्ता हुनेछ ।भ्रमणका क्रममा प्रधानमन्त्री देउवा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निर्वाचन क्षेत्र बनारस पनि जाने छन् ।

साथै देउवाले भारतका उपराष्ट्रपति वैन्कैया नायडु, विदेश मामिलामन्त्री र राष्ट्रिय सुरक्षा सल्लाहकारसँग पनि भेट गर्नेछन् । २० चैतमा नेपाल फर्किनुअघि देउवाले भारतीय व्यवसायीहरुलाई पनि सम्बोधन गर्नेछन् । भ्रमणमा प्रधानमन्त्रीसँगै उनकी पत्नी आरजु राणा देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्का, अरु मन्त्री र सचिवहरु पनि सहभागी हुनेछन् ।

प्रतिक्रिया