
काठमाडौं, १४ माघ । वागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले यातायात कार्यालयमा रहेका लिखित फाइलहरुलाई डिजिलाइजेशन गर्न निर्देशन दिएका छन् ।
शुक्रबार काठमाडौंको गुर्जुधारास्थित यातायात कार्यालयको अनुगमनका क्रममा उनले भने, ‘यी अस्तव्यस्त फाइलले केही समयपछि धेरै ठूलो समस्या आउँछ । यसलाई अब हामीले व्यवस्थित नगर्ने हो भने के हुन्छ होला हालत ? एकान्तकुनामा हिजो फाइलहरू हे¥यौँ, बेहाल छ । त्यो भएर यसलाई डिजिटलाइजेशन गर्ने क्रममा अलि ध्यान दिनुस् । आफ्नो कार्यालयबाट त्यो अहिले सम्भव छैन भने निजीलाई लिएर त्यसको व्यवस्थापन गरौँ । मन्त्रालयमा छलफल गरेर मन्त्रालयले टेन्डर गरेर निजीलाई निश्चित अवधि दिएर यसलाई व्यवस्थित गर्छाैँ । प्रणाली नै नयाँ बनाएर जाऔँ ।’
उनले कार्यालयमा अहिले चलिरहेको शैलीलाइ पनि रुपान्तरण गर्न आवश्यक रहेको र कार्यालयमा नयाँ प्रविधि भित्र्याएर जानुपर्ने बताए । मन्त्री दाहालले यातायात कार्यालयमा बिचौलियाका कारण इमानदार कर्मचारीले पनि दोष पाइरहेको भन्दै बिचौलियालाई कार्यालयमा प्रवेश गर्न नदिन सचेत गराए ।
उनले कार्यालयमा आउने सेवाग्राहीलाई व्यवस्थित तरिकाबाट काम सम्पन्न गर्ने वातावरण मिलाउन पनि निर्देशन दिए ।