कांग्रेसलाई १ नम्बरको पार्टी बनाउन जनतामाझ जानुपर्छ: डा कोइराला
अखबार टुडे
प्रकाशित:
२०७८, २१ पुष

काठमाडौं, २१ पुस । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेस एकता र रुपान्तरणको सन्देश बोकेर आगामी निर्वाचनमा जनतामाझ जानुपर्ने बताएका छन् ।
डा कोइरालाले बुधबार आफू निकट नेताहरूसँग छलफल गर्दै आगामी निर्वाचनमा कांग्रेसलाई १ नम्बरको पार्टी बनाउन जनतामाझ जानुपर्ने बताए ।

उनले आम पार्टीका कार्यकर्ताको शिर झुक्न र निराश हुन नदिने प्रतिबद्धता व्यक्त गरे । ‘कांग्रेस हुनुको गर्व अनुभूत गराउने प्रयासमा हामी छौँ, तीनै तहको निर्वाचनको परिणाम कांग्रेसको पक्षमा ल्याएर देशको मुहार कांग्रेसले मात्र फेर्न सक्छ भन्ने अभियानमा हामी प्रतिबद्ध छौँ’, उनले भने ।

नेता डा कोइरालाले पार्टीभित्र हुने सबै कार्य न्यायसङ्गत, विधि, विधानसम्मत, विवेकपूर्ण र व्यावहारिक तरिकाबाट गर्न नेतृत्वलाई आग्रहसमेत गरे । पार्टीभित्र मनोनीत गर्दा योग्य र सक्षम व्यक्तिलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया