देश अपडेट : कोरोना कहरमा बाढी-पहिराको वितण्डा (फोटोफिचर)
अखबार टुडे
प्रकाशित:
२०७८, २ असार

काठमाडौं, २ असार । मुलुकले कोरोना संक्रमणको महामारी झेलिरहेका बेला अर्को विपत आइलागेको छ । मनसुन सुरु भएसँगै देशभर बाढी पहिराले वितण्डा मच्चाएको छ ।

नरन्तरको वर्षापछि आएको पहिराले जोखिममा परेको तनहुँको व्यास नगरपालिका–६ काफ्लेफाँटका घर । पहिरोका कारण यहाँका दुई घर जोखिममा परेको छ ।

मंगलबार दिनभरी वर्षा भएसँगै नदी किनाराका बस्तीहरु डुवानमा परेका छन् भने नदी किनारका अधिंकाश बस्ती जोखिममा परेका छन् । बाढी र पहिराका कारण ठूलो धनको क्षति भएको छ । अहिलेसम्म क्षतिको विवरण नआइसकेको भएपनि देशले ठूलो पुर्वाधार क्षति बेहोर्नुपरेको छ ।

इन्द्रावती नदीमा आएको बाढीका कारण बुधबार बिहान पुरिएको मेलम्ची बजार । बाढीले चौतारा मेलम्ची वारपार गर्ने पक्की पुल, चन्द्र शमशेरको पालमा बनाइएको झोलुङगे पुल बाढीले बगाएको छ ।

कोरोना संक्रमणले आहात बनाएको अवस्थामा सिन्धुपाल्चोकमा आएको बाढी र त्यसबाट भएको क्षतिले सबैलाई स्तब्ध बनाएको छ । मंगलबारको वर्षाले सिन्धुपाल्चोकको मेलम्ची बजारमा बाढी पस्दा दर्जनौँ घरमा क्षति भएको छ भने बुधबार दिउँसोसम्ममा सात जनाले ज्यान गुमाएको छन् । अहिले त्यहाँ नेपाली सेना र प्रहरीले उद्दार कार्य जारी राखेको छ ।

सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीमा आएको बाढीले मेलम्ची खानेपानी आयोजनाको क्याम्प बगाएपछि अलपत्र परेका ४७ जना कामदारहरु बुधबार नेपाली सेनाले उद्धार गरेको छ ।

हेलम्बु गाउँपालिका–१ आम्बाथानमा रहेको आयोजनाको मुहान नजिकै क्याम्पमा बस्ने ७० जना कामदार बाढीमा फसेका थिए । उनीहरुमध्ये ४७ जनालाई नेपाली सेना तथा निजी कम्पनीको हेलिकप्टरबाट उद्धार गरी धुलिखेल अस्पतालमा राखिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिए ।

पहिरोले अवरुद्ध बागलुङ–पोखरा राजमार्ग अन्तर्गत पर्वतको अर्मादीमा सडक खुलाउने प्रयास गर्दै स्काभेटर । पहिरोका कारण हिजोदेखि सडक अवरुद्ध छ ।

उनका अनुसार उनीहरुलाई सेनाको हेलिकोप्टरले ३÷४ खेप गरी उद्धार गरेको हो । मंगलबार राति आएको बाढीले कामदारहरु बसेको क्याम्प बगाएको थियो । केही कामदारहरु भागेर ज्यान जोगाउन सफल भए भने अन्य सम्पर्कविहीन छन् ।

निरन्तरको वर्षापछि आएको पहिराले जोखिममा परेको तनहुँको व्यास नगरपालिका–६ काफ्लेफाँटका घर । पहिरोका कारण यहाँका दुई घर जोखिममा परेको छ ।

आयोजनाको कर्मचारी मजदुरहरुको उद्धारमा मेलम्ची खानेपानी आयोजना, निर्माण व्यवसायी, परामर्शदाताहरु खटिरहेको र बेपत्ताहरुको खोजी भइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

तम्घास : अस्थायी पुलबाट खोला तर्दै मदन भण्डारी राजमार्ग अन्र्तगत पर्ने गुल्मीको इस्मा गाउँपालिकाको गुर्बा खोलामा बाँसले बनाएको अस्थायी पुलबाट खोला तर्दै स्थानीय ।

अम्बाथान क्याम्पमा नेपाली, भारतीय र चिनियाँ कम्तिमा ७० जना कामदार रहेको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए । उनका अनुसार उद्धार कार्यमा अझै समस्या छ । त्यसैले अझै २३ जना सम्पर्कविहीन छन् ।

सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नं ११ मेलम्ची बजार । मंगलबारदेखि इन्द्रावती नदीमा आएको बाढीका कारण बुधबार डुबान परेको मेलम्ची बजारमा नेपाली सेनाको हेलिकप्टर आपतमा परेका नागरिकलाई उदार गर्दै ।

यस्तै बाढीका कारण मेलम्ची खानेपानीको ड्याम भत्काएको छ । मेलम्ची खानेपानीका काम गर्ने मजदुरको क्याम्प समेत बाढीले बगाएको छ । यस्तै, मनाङमा बाढी पहिराका कारण सयौँ अलपत्र परेका छन् । बस्ती डुबानमा परेको छ । नदीहरुको वहाव बढ्दै गएको छ । अझै तीन दिन वर्षा हुने मौसम पूर्वाअनुमान महाशाखाले जनाउँदै सर्तकता अपनाउन अनुरोध गरेका छ ।

सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नं ११ मेलम्ची बजारमा । मंगलबारदेखि इन्द्रावती नदीमा आएको बाढीका कारण बुधबार डुबान परेको मेलम्ची बजार ।

यस्तै, अविरल वर्षाका कारण बाढी पहिरा जाँदा बाजुरा, पाल्पा एक÷एकजनाको मृत्यु भएका छ । गत वर्ष पनि सिन्धुपाल्चोकमा पहिराले ठूलो जनधनको क्षति भएको थियो । यस्तै सल्यान, बाजुरा, गोरखा, जाजरकोटमा पनि मानिस हराइरहेका उहाँले बताउनुभयो । अन्य विवरण सङ्कलन जारी रहेको केन्द्रले जनाएको छ ।

बाढी पहिरामा फसेकाको उद्धार, पीडितलाई राहत सामग्री वितरण तथा सुरक्षित बासस्थानमा व्यवस्था गर्न लागिएको तामाङले जानकारी दिए । उनका अनुसार सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रबाट बिहान सेनाको हेलिकप्टरमार्फत २६ जनाको उद्धार गरिएको छ ।

त्यस क्षेत्रका लागि एक ट्रक राहत सामग्री काठमाडौँबाट पठाइसकिएको तामाङले जानकारी दिए । अब मनाङका लागि हेलिकप्टरबाट राहत पठाउने तयारी भइरहेको गृह मन्त्रालयले जनाएको छ ।

त्यहाँ बाढीका कारण जोखिममा रहेका ५०० जनालाई उद्धार गरी सुरक्षित स्थानमा राखिएको छ । नेपालमा यही जेठ २८ गतेदेखि मनसुन प्रवेश गरेको थियो । त्यसयता लगातार पानी पर्दै आएको छ । यस वर्ष औषतभन्दा बढी वर्षा हुने अनुमान गरिएको छ ।

तस्बिरहरु सामाजिक सञ्जाल र रासस

प्रतिक्रिया