जब कंगनाको घरमा डोजर चल्यो
अखबार टुडे
प्रकाशित:
२०७७, २५ भाद्र

काठमाडौं, २५ भदौं । बलिउड अभिनेत्री कंगना रनावतलाई केही दिनयता दशा नै लागेको छ । केही दिनयअघि मात्र उनलाई शिव सेनाले मुम्बई नआउन चेतावनी दिएको थियो । यसैबेला बुधबार उनको घरमा डोजर चलेको छ ।
कंगनाको मुम्बइस्थित अफिस रहेको घरमा मुम्बई महानरपालिकाले डोजर लगाएको हो । कंगानले बुधबार बिहान आफु मुम्बई आउँदै गरेको खबर ट्वीटरमार्फत दिएकी थिइन । त, उनी मुम्बई पुग्नुअगाडि उनको अफिसमा बीएमसीले डोजर चलाएको हो ।
कंगनाले आफुलाई कसैले पनि रोक्न नसक्ने बताएकी थिइन् । उनको यो भनाई यता मुम्बई महानगरपालिकाले सुनेन । उनको अफिस निर्माण अवैध तरिकाले भएको भन्दै मंगलबार २४ घन्टे अल्टिमेटमसहित नोटिस टा“सेको थियो । त्यसको केही समयपछि नै उनको अफिसमा डोजर, क्रेन, हथौडा लिएर बीएमसीका कर्मचारी र मजदुर पुगेका थिए ।
अफिसमा डोजर चलेको थाहा पाएपछि कंगनाले ट्विटरमार्फत विरोध जनाएकी छन् । उनले आफ्नो अफिसमात्र नभएर राम मन्दिर भएको र आफ्नो अफिसमा बाबर प्रवेश गरेको उल्लेख गरेकी छन् । त्यस्तै कंगनाले आफू आउनुअगाडि नै महराष्ट्र सरकारका गुन्डाहरु आफ्नो अफिस पुगेर अफिस भत्काएको आरोप लगाएकी छन् ।

प्रतिक्रिया