
काठमाडौं । ‘मिस एण्ड मिसेज युनिभर्सल–२०२६’मा सहभागीहरुको प्रशिक्षण सुरु भएको छ । स्पार्कल इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित यो प्रतियोगिताको पाँचौँ संस्करण हो ।
विवाहित र अविवाहित महिलालाई एउटै स्टेजमा उतार्ने हेतुले ‘मिस एण्ड मिसेज युनिभर्सल’ सौन्दर्य प्रतियोगिता सुरु गरिएको हो । आयोजक संस्थाकी अध्यक्ष नितु श्रेष्ठका अनुसार यो प्रतियोगिता पाँचौँ संस्करणसम्म ल्याइपुराउन निकै मिहिनेत गर्नु परेको छ । मिहिनत गरेअनुसार आफू सन्तुष्ट र खुसी रहेको पनि नितु श्रेष्ठले बताइन् । कार्यक्रममा प्रतियोगीहरुको उत्साहनक सहभागिताले आफू सन्तुष्ट रहेको बताउँदै उनले भनिन्, ‘यो कार्यक्रममा महिलाका लागि एउटा प्लेटफार्म हो, अविवाहितलाई मात्र नभएर विवाहित महिलाहरुलाई पनि ‘मिस एण्ड मिसेज युनिभर्सल’मार्फत प्लेटफार्म दिन पाउँदा खुसी छु ।’

उनले ‘मिस एण्ड मिसेज युनिभर्सल–२०२६’को प्रशिक्षण सुरु भएपनि अझै प्रतियोगितामा सहभागी हुन चाहनेहरुलाई स्थान दिइने बताइन् । ‘प्रतियोेगिताको फाइनल भदौमा हुँदैछ । त्यसैले अझै केही दिन प्रतियोगीका लागि आवेदन खुल्ला राखिएको छ’ उनले भनिन् ।
प्रतियोगीहरुलाई चर्चित कोरियोग्राफर रोजिन शाक्यले क्याटवाक, आत्मविकास लगायतका प्रशिक्षण दिइरहेका छन् । उनीहरुलाई एक महिने प्रशिक्षण पश्चात दक्ष बनाएर स्टेजमा उतारिने आयोजक सस्थाकी अध्यक्ष नितु श्रेष्ठले बताइन् । उनका अनुसार विजेताले ताजसहित नगद ५० हजार प्राप्त गर्नेछन् भने फस्ट रनरअपले २५ हजार र सेकेण्ड रनरअपले १० हजार पाउने छन् ।
