
काठमाडौं । इरानसँगको युद्धविराम समयमा अमेरिकाले युद्धका लागि रणनीतिक तयारी गरिरहेको छ । राष्ट्रपति डोनाल्ट ट्रम्पले इरानसँगको युद्धविरामको म्याद थप्ने घोषणा गरेको भोलिपल्ट नै यस्तो संकेत गरेको हो ।
इरानसँगको युद्धको नेतृत्व गरिरहेको अमेरिकी केन्द्रीय कमाण्ड CENTCOM ले सामाजिक सञ्जालमा एक सन्देश जारी गर्दै ‘आफ्ना सेना तयार रहेको’ बताएको छ । यो भनाइ इरानसँग युद्धविराम समय थप्ने घोषणा गरेको भोलिपल्ट बुधबार आएको हो ।
युद्धविमान, जहाज र अमेरिकी सेनाहरूसहितको भिडिओ क्लिपसहित, CENTCOM कमाण्डर एडमिरल ब्राड कूपर अमेरिकी रक्षा सचिव पिट हेगसेथसँगको पत्रकार सम्मेलनमा प्रस्तुत भएको अन्तर्राष्ट्रिय मिडियाले लेखेका छन् ।
‘हामी हतियारहरू तयार गर्दैछौँ । हामी पुनः उपकरण बनाउँदैछौँ । र हामी हाम्रा रणनीति, प्रविधि र प्रक्रियाहरू समायोजन गर्दैछौँ,’ कूपरले भनेका छन् ।
