पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, प्रति लिटर कति पुग्यो ?
प्रकाशित:
२०८२, २० चैत्र

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बिहीबार राति १२ बजेदेखि लागु हुने गरि पेट्रोलमा १५ र डिजेल मट्टितेलमा १५ रुपैयाँका दरले मूल्य वृद्धि गरिएको हो ।
मुल्य वृद्धिपछि काठमाडौँ उपत्यकामा पेट्रोल प्रति लिटर २०२ पर्ने भएको छ भने डिजल- मट्टीतेल प्रतिलिटर १८२ पर्ने भएको छ ।
निगमले मार्च १६ देखि ३१ सम्म भारतबाट बढेर आएको इन्धनको मूल्यका कारण निगमलाई १३ अर्ब २१ करोड घाटा भएको बताएको छ ।
यो समायोजनपछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर ३४.३६ र डिजलमा १२०.५४ रुपैयाँ घाटा रहेको बताएको छ । साथै एलपी ग्याँस प्रति सिलिण्डर ४१६.३७ घाटा रहेको निगमले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
इजरायल र लेबनान युद्धविराम कार्यान्वयन गर्न पूर्ण रूपमा सहमत
सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सरकारका प्रवक्ताको बचाउ, के भने ?
प्रधानमन्त्री बालेन्द्र शाहको सीमाबारे अभिव्यक्तिपछि भारतले के भन्यो ?
