
काठमाडौं । याक्थुङ कुरुम्बाङ सङ्जुम्भोको नयाँ केन्द्रीय कार्यसमिति चयन भएको छ । हालै धरानमा सम्पन्न पाँचौँ महाधिवेशनले बसन्तकुमार कुरुम्बाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
सुनसरीको धरान–५, आँपठारस्थित संसारभर छरिएर रहेका याक्थुङ कुरुम्बाङ (लिम्बु) समुदायको सामूहिक भवन ‘याक्थुङ कुरुम्बाङ हिम’को उद्घाटनसँगै महाधिवेशन गरिएको हो ।
नवनिर्वाचित कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा योगेन्द्र कुरुम्बाङ चयन भएका छन् । त्यसैगरी उपाध्यक्षहरूमा मिनप्रसाद कुरुम्बाङ, हिमाल कुरुम्बाङ र उदय कुरुम्बाङ चयन भएका छन् ।
सङ्जुम्भोका सचिव मणिशंकर कुरुम्बाङका अनुसार महासचिवमा विरेन्द्र कुरुम्बाङ, सचिवमा मणिशंकर कुरुम्बाङ र नन्दकुमार कुरुम्बाङ चयन भएका छन् ।
यस्तै, कोषाध्यक्षमा हर्कजङ कुरुम्बाङ तथा सह–कोषाध्यक्षमा रमेश कुरुम्बाङ चयन भएका छन् । अन्य सदस्यहरूसहित नयाँ केन्द्रीय कार्यसमिति गठन गरिएको हो । उक्त जानकारी याक्थुङ कुरुम्बाङ सङ्जुम्भोका सचिव मणिशंकर कुरुम्बाङले दिनुभएको हो ।
