
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पक्षको जनमतको अभूतपूर्व लहर देखिएको छ । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाको परिणाम आउनेक्रम जारी रहँदा यस्तो देखिएको हो ।
हाल मत गणना जारी रहेको अधिकांश क्षेत्रमा रास्वपा अग्रस्थानमा छ । अहिले बिहान ९ बजेको परिणामअनुसार रास्वपा ४२ स्थानमा अगाडि रहेको छ । यस्तै, नेपाली कांग्रेस ३, एमाले ५ र नेकपाले २ स्थानमा अग्रता लिएको छ ।
झापा–५, चितवन–२ जस्ता चर्चित निर्वाचन क्षेत्रमा पनि रास्वपा अगाडि छ । झापा ५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीभन्दा रास्वपाका बरिष्ठ नेता बालेन शाह झण्डै तेब्बर मतले अगाडि रहेका छन् ।
हालको प्रारम्भिक परिणामअनुसार रास्वपाले यस पटक बहुमत पु¥याउने आकलन गर्न सकिन्छ । यसबाट के बुझ्ुन सकिन्छ भने जनता ठूलो र पुराना दल भनिएका कांग्रेस, एमाले र नेकपादेखि दिक्क भइसके र उनीहरुले मत परिवर्तन गर्न चाहे । किनकि दलका शीर्ष नेताहरुसमेत यस पटक हार्ने सम्भावना बढ्दै गएको छ ।
साथै, रास्वपामा जनमत ओइरिएसँगै यसपालि साना राष्ट्रिय दलहरू राप्रपा, जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टीले समेत राष्ट्रिय दलको हैसियत गुमाउने सम्भावना देखिएको छ । राष्ट्रिय पार्टी बन्न देशभरिबाट सदर मतको ३ प्रतिशत पाउनुपर्छ । तर यी दलहरूलाई यति मत पाउन हम्मेहम्मे पर्नेछ ।
यिनीहरू राष्ट्रिय दल बनेनन् भने समानुपातिकतर्फको उनीहरूको मत पनि चार वटा ठूला दल रास्वपा, कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा बाँडिनेछ र यिनले पाउने समानुपातिक मत झन् धेरै हुनेछ । त्यो अवस्थामा रास्वपाको समायोजित समानुपातिक मत ४५ प्रतिशतभन्दा बढी पुग्नेछ । र, उसले समानुपातिकमा मात्रै ५०–५५ सिट प्राप्त गर्न सक्छ । यो प्रारम्भिक नतिजाको आधारमा मूल्यांक्न गरिएको हो । त्यसैले यही नै सही हुन सक्छ भन्ने छैन । तर, यदि भन्न सकिन्छ कि यो पटक रास्वपा संसदको ठूलो दल बन्नेमा करिब निश्चित देखिन्छ ।
