अन्तर्राष्ट्रिय सैन्य एड्भेन्चर च्यालेन्जमा सहभागी हुन नेपाली सेनाको टोली भारतमा
प्रकाशित:
२०८२, ४ फाल्गुन

काठमाडौँ । अन्तर्राष्ट्रिय सैन्य एड्भेन्चर च्यालेन्ज कप–२०२६ मा सहभागिता जनाउन नेपाली सेनाको १० सदस्यीय प्रतिनिधिमण्डल फेब्रुअरी १२ देखि २८, २०२६ सम्म भारत भ्रमणमा रहेको छ ।
उक्त प्रतियोगितामा सात मित्रराष्ट्रका टोलीहरूको सहभागिता रहने जनाइएको छ । साहसिक खेलमार्फत आपसी सद्भाव, विश्वास र मित्रता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
यस्ता अन्तर्राष्ट्रिय कार्यक्रमले सहभागी देशहरूबीच व्यावसायिक अनुभव आदानप्रदान, पारस्परिक समझदारी तथा सहकार्य सुदृढ गर्न मद्दत पुर्याउने विश्वास लिइएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
इजरायल र लेबनान युद्धविराम कार्यान्वयन गर्न पूर्ण रूपमा सहमत
सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सरकारका प्रवक्ताको बचाउ, के भने ?
प्रधानमन्त्री बालेन्द्र शाहको सीमाबारे अभिव्यक्तिपछि भारतले के भन्यो ?
