कालापानी र लिपुलेकबारे धारणा सार्बजनिक गर्न बालेनलाई क्षितिज थेबेको चुनौती
प्रकाशित:
२०८२, १७ माघ

काठमाडौँ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहलाई लिम्पियाधुरा, कालापानी र लिपुलेकबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्न चुनौती दिएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा परिषद्को प्रथम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष थेबेले भावी प्रधानमन्त्रीको हैसियतमा कालापानी र लिपुलेकबारे धारणा आवश्यक रहेको बताएका हुन् । उनले भने- ‘हुनेवाला प्रधानमन्त्रीको लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे तपाईँको आधिकारिक स्टेटमेन्ट के हो ?’
थेबेले निर्वाचनपछि समाजलाई सुखी र समृद्ध बनाउने एजेण्डासहित एमाले जनतामाझ गएको बताए । थेबे एमालेबाट ताप्लेजुङमा प्रतिनिधि सभाको उम्मेदवार रहेका छन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
इजरायल र लेबनान युद्धविराम कार्यान्वयन गर्न पूर्ण रूपमा सहमत
सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सरकारका प्रवक्ताको बचाउ, के भने ?
प्रधानमन्त्री बालेन्द्र शाहको सीमाबारे अभिव्यक्तिपछि भारतले के भन्यो ?
