नेकपाबाट झापा-५ मा रञ्जित तामाङलाई टिकट
अखबार टुडे
प्रकाशित:
२०८२, ४ माघ

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि झापा-५ बाट रञ्जित तामाङलाई उम्मेदवार बनाएको छ । तामाङलाई नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा उम्मेदवारको टिकट दिएका हुन् ।

झापा-५ बाट नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो । यस पटक यस क्षेत्रबाट रास्वपाका वरिष्ठ नेता बालेन शाह पनि उम्मेदवार बन्ने चर्चा चलिरहेको कारण यो क्षेत्र विशेष चर्चामा रहेको छ । 

तामाङ झापा-५ कै स्थानीय हुन भने उनले जन्मे हुर्केको र पढेको ठाउ भएकाले जनताको साथ पाउने विश्वास व्यक्त गरेका छन् । 

प्रतिक्रिया