सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?
प्रकाशित:
२०८२, २ माघ

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुनको तोलाको १५ सयले घटेर तोलाको २ लाख ७६ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको २ लाख ७८ हजारमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १७० रुपैयाँले घटेर तोलाको ५४८५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ५६५५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया
सम्बन्धित समाचार
