कांग्रेस विशेष महाधिवेशन : देउवालाई पाखा लगाएर नयाँ नेतृत्व चयनको तयारी
अखबार टुडे
प्रकाशित:
२०८२, १ माघ

काठमाडौँ । नेपाली काँग्रेसको विशेष महाधिवेशन अन्तर्गत आज नयाँ नेतृत्व चयनको कार्यतालिका रहेको छ । काँग्रेसमा भएका सहमतिका प्रयास निष्कर्षमा पुग्न नसक्ने संकेत देखिएको छ । विशेष महाधिवेशन पक्षधरले राखेको नेतृत्व परिवर्तनको अडान संस्थापन पक्षले अस्वीकार गरेपछि काँग्रेस नयाँ नेतृत्व चयनको बाटोमा अगाडी बढेको हो ।

विशेष महाधिवेशनको निर्वाचन समितिले मनोनयन दर्ताका लागि आज बिहान ८स् १५ बजेदेखि ९ः १५ बजेसम्मको समय थप गरेको छ । सभापति शेरबहादुर देउवाले तत्काल नेतृत्व छोड्न तयार नभएपछि वार्ता निष्कर्षमा नपुगेको बताइएको छ । अब महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने गृहकार्यमा जुटिसकेका छन् । संस्थापन र विशेष महाधिवेशन पक्षधर नेताहरू सहमति जुटाउन समिति नै बनाएर संवाद गरेका थिए ।

निर्वाचन समितिले गएराती ९ बजेदेखि मतदान शुरु गर्ने गरि कार्यतालिका सार्बजनिक गरेपनि मनोनयन दर्ताको प्रक्रिया शुरु गरेर मतदान आजको लागि सारेको थियो । समितले आज बिहान ८ बजेदेखि पुनस् निर्वाचनको प्रक्रिया शुरु हुने बताएको छ ।

यसअघि मंगलबार बन्दसत्रले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेका विधान संशोधन र राजनीतिक प्रस्ताव सुझावसहित सर्वसम्मत पारित गरेको थियो ।

बन्दसत्रले मंगलबार बनाएको पाँच सदस्यीय निर्वाचन समितिले निर्वाचन प्रक्रिया अघि बढाएको छ । वरिष्ठ अधिवक्ता सीताराम केसीको संयोजकत्वमा रहेको निर्वाचन समितिमा अशोक पोखरेल, गोकर्ण बन्जाडे, आरसी विमल पौडेल र रामचन्द्र गौतम सदस्य रहेका छन् ।

प्रतिक्रिया