नयाँ नीति र नेतृत्वसहित काँग्रेस अगाडी बढ्नुपर्छ : अर्जुननरसिंह केसी
अखबार टुडे
प्रकाशित:
२०८२, २७ पुष

काठमाडौँ । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले काँग्रेसको विशेष महाधिवेशनले नयाँ काँग्रेसको निर्माण गर्नुपर्ने बताएका छन् ।

विशेष महाधिवेशनलाई सम्बोधन गर्दै नेता केसीले अब नयाँ नीति र नयाँ नेतृत्वसहित अगाडी बढ्नुपर्ने र देशमा छाएको निराशालाई काँग्रेसले चिर्नुपर्ने बताए ।

उनले विशेष महाधिवेशनले विगतमा भएका भ्रष्टाचारको फाइल खोल्ने र छानबिन गर्ने प्रतिबद्धताको प्रस्ताव पारित गर्नुपर्ने बताए ।

नेता केसीले कार्यकर्ताको उत्साहले काँग्रेसलाई नयाँ उर्जा दिन र रुपान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया