ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
अखबार टुडे
प्रकाशित:
२०८२, १९ पुष

काठमाडौं । ताप्लेजुङ जिल्लाको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरकाअनुसार आज बिहान ६ बजेर १३ बजे ४ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको हो।

यसअघि गत मङ्सिर २८ गते मनाङ जिल्लाको ठोचे आसपास केन्द्रविन्दु भएर ४ दशमलव ७ म्याग्निच्युडको भूकम्प गएको थियो।
नेपाल हिमालय क्षेत्र भएकाले विभिन्न समयमा सानाठूला भूकम्प जाने गरेको छ।

प्रतिक्रिया