सुनको मूल्य २ लाख ३३ हजार नाघ्यो
अखबार टुडे
प्रकाशित:
२०८२, २० आश्विन

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुन तोलाको २५ सयले बढेर तोलाको २ लाख ३३ हजार १ सयमा कारोबार भइरहेको छ । यस अघि आइतबार सुन तोलाको २ लाख ३० हजार ६ सयमा कारोबार भएको थियो । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३० रुपैयाँले बढेर २९६० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको २९३० मा कारोबार भएको थियो ।

प्रतिक्रिया