तीन मन्त्रीले लिए शपथ
अखबार टुडे
प्रकाशित:
२०८२, ३० भाद्र

काठमाडौं । नवनियुक्त तीन मन्त्रीले शपथ लिएका छन्। शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलबाट तीन मन्त्रीले शपथ लिएका हुन् ।

प्रधानमन्त्री सुशीला कार्कीले आइतबार अर्थमन्त्रीमा रामेश्वर खनाल, गृहमन्त्रीमा ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रीमा कुलमान घिसिङलाई नियुक्त गरेकी थिइन् ।


अर्यालले गृहसहित कानुन र घिसिङले ऊर्जासहित भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयको समेत जिम्मेवारी दिइएको छ।

प्रतिक्रिया