ओलीले भने- विद्या भण्डारीले पार्टी सदस्यता आफैँले त्यागेको हो
अखबार टुडे
प्रकाशित:
२०८२, ६ भाद्र

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता पार्टीले नखोसेको बताएका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै उनले पूर्वराष्ट्रपति भण्डारीले राष्ट्रपति भएपछि सदस्यता त्यागेको बताए ।

उनले भने, ‘अहिले पूर्वराष्ट्रपतिको सदस्यता खोसिएको भन्ने आरोपका कुराहरू आएको छ, खासमा उहाँले राष्ट्रपति भएपछि पार्टी सदस्यता त्याग्नुभएको हो । हुँदै नभएको सदस्यता कर्मचारीलाई झुक्याएर रसिद काट्दैमा कायम हुँदैन ।’

उनले दस्यता नवीकरणका लागि पार्टीमा निवेदन पनि नदिएको र बाहिर बोल्ने गरेकोसमेत उल्लेख गरे । ‘उहाँले बाहिर–बाहिर बोल्नुभएको छ,’ ओलीले भने, ‘पार्टीमा आएर सदस्यता नवीकरण र नयाँ सदस्यताका लागि निवेदन दिनुभएको पनि छैन। पार्टीमा असन्तुष्ट र एकाध जनसंगठनमा हारेकाहरूलाई जम्मा गरेर उहाँले पार्टी एकतामा यसरी असहयोग गर्नुहोला भन्ने हामीले कल्पना पनि गरेका थिएनौँ ।’

प्रतिक्रिया