पर्वतमा पहिरोले घर पुरिँदा दम्पती बेपत्ता
प्रकाशित:
२०८२, ५ श्रावण

लमजुङ । पर्वतको मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा पहिरोले घर पुरिँदा वृद्ध दम्पती बेपत्ता भएका छन् । आइतबार बिहान गएको पहिरामा एकतले घर पुरिँदा ७६ वर्षीय छविलाल विश्वकर्मा र उनकी श्रीमती ७६ वर्षीया विष्णुमती बेपत्ता भएका हुन् ।
उनकी बुहारी ३२ वर्षीया पवित्रा भने बाँच्न सफल भएकी छन् । मोदी–३ का वडा सदस्य सन्तोष विकका अनुसार स्थानीयले उद्धारकार्य जारी राखेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले घटनास्थलतर्फ प्रहरी जाँदै गरेको र पुगिसकेपछि यथार्थ विवरण आउने जानकारी दिए ।
गएरातिदेखि पर्वतलगायत आसपासका क्षेत्रमा भीषण वर्षा भइरहेको छ। यस क्षेत्रका खोला तथा नदीहरूमा समेत बहाव उच्च भइरहेको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
