बुटवलमा एक महिलासहित तीनजनाको वीभत्स हत्या
अखबार टुडे
प्रकाशित:
२०८२, १५ जेष्ठ

रुपन्देही । बुटवलमा एक महिलासहित तीनजनाको हत्या भएको छ । बुटवलको होराइजन दुई बालिकासहित तीन जनाको वीभत्स हत्या भएको हो ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार होराइजन चोकस्थित मिलिजुली पथमा अन्दाजी ३४ वर्षीय दीपा बस्याल र उनका दुई छोरीहरू ७ वर्षीया स्नेहा र ४ वर्षीया हिमानीको हत्या भएको हो ।

महिला र बालिकाहरूको हत्या गर्ने सुजन कोइराला रहेको र उनले आफ्नै दाजुको हत्या गरी जेल बसेर केही वर्षअघि संविधान दिवसको दिन कैद माफी पाएर छुटेको थिए ।

हत्या गर्ने सुजन र मृतक दीपा पूर्वपतिपत्नी रहेको प्रहरीले जनाएको छ । उनीहरु केही वर्ष पहिले सम्बन्धविच्छेद भइसकेको खुलेको छ । दीपाले सुजनसँग सम्बन्धविच्छेद गरी नवलपरासीका शंकर ढकालसँग विवाह गरेकी थिइन् ।

सुजनले दीपालाई मंगलबार आफ्नै घरमा बोलाएर बुधबार बिहान ४ बजेतिर हत्या गरेको प्रहरीले जनाएको छ । तीनै जनाको शव घन र चक्कु प्रहार गरी हत्या गरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

सुजन र दीपा पूर्वपति पत्नी भए पनि हत्या गरिएका बालिकाहरू भने शंकर ढकालतर्फका रहेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न आरोपमा सुजनलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरू गरेको छ ।

प्रतिक्रिया