नेपालमा पनि भेटियो कोरोनाको नयाँ संक्रमण : डब्लुएचओ भन्छ- त्रासको अवस्था छैन
अखबार टुडे
प्रकाशित:
२०८२, १४ जेष्ठ

काठमाडौं । भारत र चीनमा देखिएको कोरोनाको नयाँ संक्रमण नेपालमा पनि भेटिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा एक र धुलिखेल अस्पतालमा ६ गरी सात जनामा सङ्क्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

महाशाखाका निर्देशक डा. चन्द्रबल झाले सङ्क्रमितहरूको विदेश भ्रमणको इतिहास नभएको र सबै डिस्चार्ज भइसकेको बताए । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले हालको भेरियन्ट सामान्य रहेको र पहिलेजस्तो त्रासको अवस्था नभएको बताएको छ । तैपनि, जोखिमलाई ध्यानमा राखी सीमा नाकामा हेल्थ डेस्क राखिएको र सातै प्रदेशलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ ।

मास्क लगाउने, भिडभाडमा नजाने र हात धुने जस्ता सतर्कता अपनाउन आग्रह गरिएको छ । दीर्घरोगी, बालबालिका र वृद्धलाई विशेष सावधानी अपनाउन विज्ञको सुझाव छ ।

प्रतिक्रिया