युक्रेनको राजधानी किभमा रुसको भीषण आक्रमण
प्रकाशित:
२०८२, १२ जेष्ठ

काठमाडौं । रुसले युक्रेनको राजधानी किभमा शुक्रबार रातभरी भीषण आक्रमण गरेको छ । उक्त हमलामा परी कम्तिमा १३ जनाको मृत्यु अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।
यो पछिल्लो आक्रमणबाट ५६ जना घाइते भएको युक्रेनका अधिकारीहरुले भनाइ उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ । युत्रेनी वायु सेनाले भनेको छ, ‘रुसले २५० ड्रोन र १४ ब्यालेस्टिक मिसाइल राजधानी किभमा फ्रहार गरेको छ । यो हमलामा कारण बस्तीमा आगो लागेको छ ।’
वायु सेनाका अनुसार युक्रेनले रुसका ६ मिसाइल र २४५ ड्रोनलाई खसालेको छ । रुसी आक्रमणलाई लिएर युक्रेनका राष्ट्रपति भ्लोदोमिर जलेन्स्कीले एक्समा लेखेका छन्, ‘हरेक यस्ता आक्रमणबाट दुनियालाई अझ यकिन भएको छ कि युद्ध लम्बाउने रुस हो ।’
प्रतिक्रिया
सम्बन्धित समाचार
सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सरकारका प्रवक्ताको बचाउ, के भने ?
प्रधानमन्त्री बालेन्द्र शाहको सीमाबारे अभिव्यक्तिपछि भारतले के भन्यो ?
वीरगन्ज महानगरका नगर प्रमुख राजेशमान सिंह पक्राउ
हङकङमा ग्राण्ड प्रियिमर हुँदै युगल निर्देशित फिल्म ‘जोर ढुंगा’
नेपाल-भारत सीमा बारे प्रधानमन्त्रीले दिएको अभिव्यक्तिप्रति काँग्रेसको गम्भीर आपत्ति
