अर्थमन्त्रीको ठाडो प्रस्तावमा गभर्नर सिफारिस समितिको सदस्यमा डाक्टर डा पाण्डे नियुक्त
अखबार टुडे
प्रकाशित:
२०८२, १ जेष्ठ

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिको सदस्यमा डा. पोषराज पाण्डे नियुक्त भएका छन् । बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले पाण्डेलाई सिफारिस समितिको सदस्य नियुक्त गरेको हो ।

अर्थमन्त्री विष्णु पौडेलको ठाडो प्रस्तावमा पाण्डेलाई सदस्य नियुक्त गरिएको मन्त्रिपरिषद बैठकमा उपस्थित एक मन्त्रीले जानकारी दिए । सिफारिस समितिबाट विश्व पौडेलले राजीनामा दिएपछि पाण्डे सदस्य नियुक्त भएका हुन् ।

कांग्रेसका तर्फबाट नियुक्त भएका पाण्डे यसअघि योजना आयोगका सदस्य भइसकेका छन् । त्यस्तै प्रकाशशरण महत अर्थमन्त्री हुँदा उनी आर्थिक सल्लाहकार थिए ।

प्रतिक्रिया