आंतकवादविरुद्धको लडाइँमा भारतलाई नेपालको साथ
अखबार टुडे
प्रकाशित:
२०८२, २५ बैशाख

काठमाडौं । भारत–पाकिस्तानबीच जारी तनावमा नेपालले भारतप्रति ऐक्यबद्धता जनाएको छ । बिहीबार परराष्ट्र मन्त्रालयले एक् विज्ञप्ति जारी गर्दै आंतकवादविरुद्धको लडाइँमा नेपाल भारतको साथमा रहेको जनाएको हो ।

भारतको पहलगाममा गत २२ अप्रिलका दिन एकजना नेपाली नागरिकसहित २६ जनाको ज्यान जानेगरी भएको आतङ्ककारी आक्रमणसँगै भारत र पाकिस्तानबीच जारी तनावप्रति सरकारले गहिरो चिन्ता व्यक्त गरेको छ । मन्त्रालयले यस दुःखद घडीमा नेपाल भारतको साथमा रहेको बताएको छ ।

नेपाल सबै किसिमका आतङ्कवादको विपक्षमा रहेको उल्लेख गर्दै सरकारले उक्त आक्रमणको पनि निन्दा गरेको स्मरण गरेको छ । नेपाल सबै किसिमका आतंकवादविरुद्ध लड्न सदैव तत्पर रहेको पनि सरकारले जनाएको छ ।

प्रतिक्रिया