सुनको भाउ तोलाको दुई लाख रुपैयाँ नजिक !
प्रकाशित:
२०८२, ४ बैशाख

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले अर्को नयाँ रेकर्ड बनाएको छ । निरन्तर वृद्धि हुँदै रेकर्ड बन्दै आएको सुनको मूल्य बिहीबार तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ पुगेको छ ।
अघिल्लो दिनको तुलनामा सुनको मूल्य एकैपटक ३६०० रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन छापावाल सुनको मूल्य तोलामा १ लाख ८७ हजार रुपैयाँ कायम भएको थियो ।
महासंघका अनुसार अब १० ग्राम छापावाल सुनको मूल्य नै १ लाख ६३ हजार ४१० रुपैयाँ पर्ने भएको छ । यस्तै बिहीबार चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन १९५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर तोलामा १९६० रुपैयाँ पुगेको हो ।
प्रतिक्रिया
सम्बन्धित समाचार
सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सरकारका प्रवक्ताको बचाउ, के भने ?
प्रधानमन्त्री बालेन्द्र शाहको सीमाबारे अभिव्यक्तिपछि भारतले के भन्यो ?
वीरगन्ज महानगरका नगर प्रमुख राजेशमान सिंह पक्राउ
हङकङमा ग्राण्ड प्रियिमर हुँदै युगल निर्देशित फिल्म ‘जोर ढुंगा’
नेपाल-भारत सीमा बारे प्रधानमन्त्रीले दिएको अभिव्यक्तिप्रति काँग्रेसको गम्भीर आपत्ति
