साढे तीन महिनापछि जिम्मेवारीमा फर्किए महानगरका प्रमुख कार्यकारी अधिकृत गुरागाइँ
अखबार टुडे
प्रकाशित:
२०८१, २० चैत्र

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईं ३ महिना १४ दिनपछि आफ्नो नियमित जिम्मेवारीमा फर्किएका छन् । कर्मचारी र जनप्रतिनिधिहरुको सहयोगमा उनी बिहीबार कार्यालय फर्किएर जिम्मेवारी सम्हालेका हुन् ।

नियमित जिम्मेवारीमा फर्किएपछि उनले अब महानगरका शक्षक कर्मचारीले तलब पाउने बताए । पत्रकारहरुको एक प्रश्नमा गुरागाईँले भने, ‘अब पाउनुपर्ने हो, पाउँछन् ।’

काठमाडौं महानगरका प्रवक्ता नवीन मानन्धरले प्रमुख प्रशासकीय अधिकृतले जिम्मेवारी सम्हालेको र भोलिदेखि सबै सहज हुने बताए । ‘उहाँले आफ्नो पदभार सम्हाल्नुभएको छ’ उनले भने, ‘अब सबै वातावरण सहज भइसक्यो । रोकिएको तलव सुविधा पनि खुल्छ ।’ प्रमुख प्रमुख प्रशासकीय अधिकृत नहुँदा महानगर कर्मचारीको तीन महिनादेखि तबल रोकिएको छ ।

महानगर प्रमुख बालेन साहले प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाइदिएका थिए । सो ताला फुटाएर कर्मचारीले उनलाई कार्यकक्षमा प्रवेश गराएका हुन् । प्रवक्ता मानन्धरले भोलिबाट प्रशासकीय अधिकृत कार्यालय आउन कुनै समस्या नहुने दाबी गरे ।

प्रतिक्रिया