गृह मन्त्रालयले भन्यो- आजको घटनाको जिम्मेवार दुर्गा प्रसाइँ
प्रकाशित:
२०८१, १४ चैत्र

काठमाडौं । गृह मन्त्रालयले आज शुक्रबार तिनकुने क्षेत्रमा भएको सम्पूर्ण घटनाको जिम्मेवार दुर्गा प्रसाई भएको बताएको छ ।
शुक्रबार साँझ आयोजित पत्रकार सम्मेलनमा गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले भने, ‘हामीले पाएको जानकारीअनुसार आन्दोलनको नेतृत्व दुर्गा प्रसाईले गरेको हुनाले उहाँ नै मूलभूत रुपमा यो घटनाप्रति जिम्मेवार हुनुहुन्छ ।’
आन्दोलनकारीले प्रदर्शनका क्रममा अराजकता देखाएको पनि मन्त्रालयले निष्कर्ष निकालेको छ । गृह मन्त्रालयले जे जति क्षति भएको छ आयोजकको तर्फबाट प्रसाईले नै लिनुपर्ने जनाएको छ ।
राजतन्त्र फर्काउनुपर्ने मागसहित प्रसाईको नेतृत्वमा शुक्रबार राजावादीको प्रदर्शन हुँदा तोडफोड र आजगनीको घटना भएका थिए । शुक्रबारको प्रदर्शनमा एक पत्रकारसहित दुईजनाको मृत्यु भएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
