राजावादीको प्रदर्शन अराजक : आगजनीमा परी एभिन्युजका पत्रकारको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०८१, १४ चैत्र

काठमाडौं । राजावादी समर्थकको प्रदर्शनको धmममा तिनकुनेस्थित एक घरमा आगो लगाउँदा एक पत्रकारको मृत्यु भएको छ । मृत्यु हुनेमा एभिन्युज टेलिभिजनका भिडिओ पत्रकार सुरेश रजक हुन् ।

राजावादी समूहको प्रदर्शन स्थलमा भेटिएको शव पत्रकार सुरेश रजकको पुष्टि भएको छ । शुक्रवार दिउँसो आगजनी भएको घरसँगै शव भेटिएको थियो । शव पत्रकार रजकको पुष्टि भएको उपत्यका प्रहरी कार्यालयका एकजना अधिकृतले बताए ।

पत्रकार रजक एभिन्युज टेलिभिजनमा कार्यरत थिए । यसअघि प्रदर्शनमा एकजनाको मृत्यु भएको गृह मन्त्रालयले पुष्टि गरेको छ । कीर्तिपुर नगरपालिका–४ बस्ने सविन महर्जनको मृत्यु भएको गृह मन्त्रालयका सहसचिव छवि रिजालले जानकारी दिए ।

रजकसँगै तीनकुनेको प्रदर्शनमा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ । रजक दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले आयोजना गरेको प्रदर्शनको दृश्य खिच्न तीनकुनेमा गएका हुन् । प्रदर्शनस्थलमा तनाव भएसँगै प्रहरीले गोली चलाएको थियो ।

प्रतिक्रिया