प्रधानमन्त्रीले चित्तबुझ्दो जवाफ नदिए आन्दोलनमा जान्छौँ : प्रचण्ड
अखबार टुडे
प्रकाशित:
२०८१, १२ चैत्र

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा आएर जवाफ नदिएसम्म बैठक चल्न नदिने बताएका छन् ।

बुधबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले प्रधानमन्त्रीले सदनमा आएर चित्तबुझ्दो जवाफ दिएमात्रै सदन खुल्ने बताए । ‘हामीले प्रधानमन्त्रीले संसदको रोष्ट्रममा आएर जवाफ नदिएसम्म हाउस चल्न सक्दैन भनेका छौं’ उनले भने, ‘प्रधानमन्त्रीले यसलाई सहज ढंगले लिनुपर्ने हुन्छ । उहाँले स्पष्टीकरण दिनुपर्ने हुन्छ । स्पष्टीकरण चित्तबुझ्दो भए तुरुन्तै हाउस चल्छ । स्पष्टीकरण पनि जालझेलको भयो भने आन्दोलन अगाडि बढ्छ ।’

प्रधानमन्त्री ओलीले शान्ति प्रक्रियाको बाँकी कामको विषयमा छलफल गर्न बोलाएको र त्यो बैठकमा कुलमानबारे कुनै चर्चा नभएको उनले प्रस्ट पारे । उनले भने, ‘म निस्कनेबित्तिकै मन्त्रिपरिषद्को बैठक बसेर निर्णय गरियो । मलाई फेरि एक पटक निकै ठूलो जालझेल भएको महसुस भयो । म सिंहदबारमा गएर टीआरसीबारे टुंग्याएलगत्तै कुलमानबारे निर्णय गर्नुपर्ने कुनै बाध्यता थिएन ।’

प्रतिक्रिया