ओडिसामा अध्ययनरत एक नेपालीको शंकास्पद मृत्यु
अखबार टुडे
प्रकाशित:
२०८१, ५ फाल्गुन

काठमाडौं । भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत एक नेपाली विद्यार्थी शंकास्पद मृत्यु भएको छ ।

कलेजको होस्टलमा बस्दै आएकी बी–टेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी प्रकृति लम्साल होस्टलमा मृत अवस्थामा भेटिएकी हुन् । कलेजले उनले ‘आत्महत्या’ गरेको भन्दै विज्ञप्ति जारी गरेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

द न्यू इण्डियन एक्सप्रेसले उल्लेख गरेका अनुसार उनी केआईआईटीमै अध्ययनरत एक विद्यार्थीसँग प्रेम सम्बन्धमा थिइन् । त्यहीसँग सम्बन्धित केही कारणले उनले आत्महत्या गरेको हुनसक्ने कलेजले जनाएको समाचारमा उल्लेख छ ।

ओडिसाको एक पत्रिकाले भने उनी आफ्नो पुरुष साथीबाट दुव्र्यवहारमा परेको उल्लेख गर्दै मृत्युको यकिन कारण खुलिनसकेको उल्लेख गरेको छ ।

प्रकृतिको शंकास्पद मृत्युलाई दिएर अहिले प्रदर्शन गर्न खोज्ने विद्यार्थीहरुलाई समेत सुरक्षागार्ड र होस्टलका वार्डेनहरु प्रयोग गरेर दबाउन खोजिएको छ ।

प्रदर्शन बढ्दै गएपछि कलेजमा प्रहरी परिचालन गरेर स्थितिलाई साम्य पारिएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । प्रकृतिको शवलाई पोष्टमार्टमका लागि क्यापिटल अस्पताल पठाइएको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया