७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, चीन केन्द्रबिन्दु
अखबार टुडे
प्रकाशित:
२०८१, २३ पुष

काठमाडौं । आज बिहान ६ बजेर ५० मिनेट जाँदा गएको भूकम्पको *केन्द्रबिन्दु चीनको तिब्बत रहेको खुलेको छ । दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रको सिगात्से सहरको डिङ्ग्री काउन्टी नजिक दिङ्गी केन्द्रबिन्दु भएर ६.९ म्याग्नीच्युडको भूकम्प गएको चाइना भूकम्प नेटवर्क सेन्टर (सीईएनसी)ले जनाएको छ ।

भूकम्पको केन्द्र पूर्वीतर्फ रहेकाले नेपालसहित, भारत, भुटान, बंगलादेश र चीनमा पनि एकसाथ धक्का महसुस गरिएको सञ्चारमाध्यमले जनाएका छन् ।

लामो समयपछि एकाविहानै काठमाडौँ उपत्यकासहित नेपालका धेरै जिल्लामा भूकम्पको धक्का महसुस हुँदा नागरिक होहल्ला गर्दै सडकमा निस्किएका छन् । भूकम्पबाट कहाँ के कति क्षति भयो भन्नेबारे अहिलेसम्म कुनै विवरण प्राप्त भइसकेको छैन ।

प्रतिक्रिया