काठमाडौं उपत्यका प्रहरी प्रमुखमा एआईजी टेक तामाङ
प्रकाशित:
२०८१, १७ पुष

काठमाडौं । अतिरिक्त महानिरीक्षक (एआईजी) टेकबहादुर तामाङ काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी सरुवा भएका छन् । मंगलबारको बसेको मन्त्रिपरिषद् बैठकले एआइजी तामाङलाई काठमाडौं उपत्यका प्रहरी कार्यालयमा सरुवा गर्ने निर्णय गरेको हो ।
यसअघि तामाङ प्रहरी प्रधान कार्यालयस्थित अपराध अनुसन्धान विभाग (सीआईडी) प्रमुख थिए । उपत्यकाको सुरक्षा कमाण्ड सम्हालेकी एआईजी किरण बज्राचार्यको सेवानिवृत भएपछि तामाङलाई यहाँ ल्याइएको हो ।
काठमाडौं उपत्यकाको ३ जिल्लाको सुरक्षा कमाण्ड हेर्नुपर्ने भएका कारण उपत्यका प्रहरी कार्यालयको जिम्मेवारीलाई महत्वका साथ हेर्ने गरिएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
