दुर्गा प्रसाईंलाई गैरकानुनीरुपमा थुनामा राखेको दावीसहित फेरि बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता
प्रकाशित:
२०८१, २ पुष

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई गैरकानुनीरुपमा थुनामा राखिएको दाबीसहित सर्वोच्च अदालतमा अर्को बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता भएको छ । दुर्गा प्रसाइँका छोरा निराजन प्रसाईंले आफ्ना बाबुलाई गैरकानुनी थुनामा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका हुन् ।
यसअघि यस्तै बेहोरामा दर्ता भएको बन्दी प्रत्यक्षीकरणको निवेदनमा सर्वोच्च अदालतले प्रसाईंलाई कानुनसम्मतः थुनामा राखेको ठहर गर्दै निवेदन खारेज गरेको थियो । प्रहरी हिरासतमा रहेका प्रसाइँमाथि आपराधिक विश्वासघातको आरोपमा अनुसन्धान भइरहेको छ ।
उनका छोरा निराजनले आपराधिक विश्वासघातको अनुसन्धानका क्रममा समेत आफ्ना बाबुलाई गैरकानुनी थुनामा राखिएको जिकिर गरेका हुन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार
