अमेरिकामा चुनाव : एक साता बाँकी रहँदै राष्ट्रपति बाइडेनद्वारा प्रारम्भिक मतदान
अखबार टुडे
प्रकाशित:
२०८१, १३ कार्तिक

न्यु कासल (अमेरिका) । अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०२४ को आम निर्वाचन आउन एक साता बाँकी रहदै प्रारम्भिक मतदान गरेका छन् ।

आफ्नो स्वास्थ्यको बारेमा बढ्दो चिन्ता र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराउने न्यून सम्भावनाको बारेमा डेमोक्र्याटहरूको चिन्ताको कारण जुलाईमा आफ्नो पुनःनिर्वाचन अभियान समाप्त गर्ने निर्णय गरेको बाइडेनका लागि यो तितोमिठो क्षण हो ।

राष्ट्रपति बाइडेनले सोमबार डेलावेयर राज्यको निर्वाचन केन्द्रमा मतदान गरेका हुन् । राष्ट्रपति बाइडेनले मतदानका लागि लाइनमा पर्खिरहेका मतदाताहरूसँग कुराकानी गर्दै मतदानका लागि करिब ४० मिनेट लाइनमा पर्खेका थिए । अमेरिकामा राष्ट्रपति निर्वाचनका लागि नोभेम्बर ५ मा मतदान हुँदैछ ।

प्रतिक्रिया