बाइक राइडर बनिन् सञ्चारकर्मी सविना (भिडियोसहित)
प्रकाशित:
२०८१, २९ आश्विन

काठमाडौं । गायक किरण पुञ्जको स्वर रहेको ‘खुल्ला आँखा र सपना’ बोल गीतको भिडिओ सार्वजनिक गरिएको छ ।
हालै सार्वजनिक भएको उक्त गीतमा भूगोल आर दाहालको शब्द संगीत, राजेन्द्र वाईबाको संगीत संयोजन र किरण पुन्जको स्वर रहेको छ ।
दशैँको अवसर पारेर दर्शक तथा श्रोतामाझ ल्याइउको भिडिओमा सविना राउत र गायक पुन्जको मुख्य अभिनय देख्न सकिन्छ । सञ्चारकर्मीसमेत रहेकी सविनाले बाइक राइडरको दमदार प्रस्तुति दिएकी छन् ।
भिडियोमा सविनासँगै रवि श्रेष्ठ, रिया नापित, अर्जुन कार्की र इशिका सहकर्मीको पनि अभिनय रहेको छ । कमल प्रजापति निर्देशित भिडिओमा नितेश लामाले सिनेमाटोग्राफी गरेका छन् । सविना–किरणको अव्यक्त प्रेमसँगै महिला स्वतन्त्रतालाई म्युजिक भिडिओमा देखाइएको छ । यस म्युजिक भिडिओ गायक पुञ्जकै अफिसियल युट्युव च्यानलबाट सार्वजनिक भएको हो ।
प्रतिक्रिया
सम्बन्धित समाचार
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
इजरायल र लेबनान युद्धविराम कार्यान्वयन गर्न पूर्ण रूपमा सहमत
सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सरकारका प्रवक्ताको बचाउ, के भने ?
प्रधानमन्त्री बालेन्द्र शाहको सीमाबारे अभिव्यक्तिपछि भारतले के भन्यो ?
वीरगन्ज महानगरका नगर प्रमुख राजेशमान सिंह पक्राउ
