सहुलियतमा खसीबोका र च्याङ्ग्राको बिक्री सुरु
अखबार टुडे
प्रकाशित:
२०८१, २० आश्विन

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि दशैंका लागि सहुलियतमा खसीबोका र च्याङ्ग्राको बिक्री खुला गरेको छ ।

कम्पनीले प्रतिकेजी खसीबोकाको ६७० रुपियाँ मूल्य निर्धारण गरी १० रुपियाँ छुट दिएर प्रतिकेजी ६६० रुपियाँमा बिक्री खुला गरेको हो । यस्तै च्याङ्ग्रा प्रतिकेजी एक हजार २३० रुपियाँ मूल्य निर्धारण गरी १० रुपियाँ छुुट दिएर एक हजार २२० रुपियाँमा बिक्री खुला गरिएको कम्पनीले जनाएको छ ।

खाद्यले २०८ वटा खसीबोका र २८५ वटा च्याङ्ग्रा ल्याइसकेको छ भने अरू ल्याउनेक्रम जारी रहेको प्रादेशिक खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ ।

चाडपर्वमा उपभोक्तालाई सुपथ मूल्यमा बिक्री गर्न प्रत्येक वर्ष कम्पनीले खसीबोका र च्याङ्ग्रा खरिद गरेर बिक्री गर्दै आएको छ । कम्पनीले यो दसैँमा खसीबोका १५ सय र च्याङ्ग्रा तीन सय गरी जम्मा १८ सय बेच्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया