पूर्वबाट मनसुनको अर्को प्रणाली भित्रँदै, घटस्थापनासम्म वर्षाको सम्भावना
अखबार टुडे
प्रकाशित:
२०८१, १५ आश्विन

काठमाडौं । आजदेखि पूर्वी नेपालतर्फबाट मनसुनको अर्को प्रणाली भित्रने मौसमविद्ले बताएका छन् । मनसुन बाहिरिनुपर्ने सिजनमा पूर्वी भेगबाट पुनः वर्षा सुरू हुन लागेको हो ।

जल तथा मौसम विज्ञान विभागका सहप्राध्यापक विनोद पोखरेलका अनुसार घटस्थापनाको दिनसम्म पानी पर्ने देखिन्छ । मंगलबार अपराह्नदेखि फेरि अर्को मौसमी प्रणालीले पूर्वी नेपालबाट प्रवेश गर्न लागेको हो ।

नेपालमा अर्को केही दिनसम्म हल्कादेखि मध्यम वर्षा हुने छ । हल्कादेखि मध्यम वर्षाको पूर्वानुमान गरिएको छ तर केही क्षेत्रमा मेघ गर्जनसहित भारी वर्षा हुने सम्भावना रहेको उनको भनाइ छ ।

गत बिहीबारदेखि शनिबारसाँझसम्म बंगालको खाडीबाट विकास हुँदै आएको न्यूनचापीय प्रणालीका कारण घनघोर वर्षा भएको थियो । उक्त प्रणालीले देशका २५ स्थानमा यसअघिको वर्षाको रेकर्ड ब्रेक गरेको थियो ।

प्रतिक्रिया