डोरपाटनका मेयर देवकुमार दिल्लीबाट पक्राउ, दुई अर्ब हिनामिनाको आरोप
अखबार टुडे
प्रकाशित:
२०८१, ११ आश्विन

काठमाडौं । इमेज सहकारी बाग्लुङ र पोखराबाट २ अर्बभन्दा बढी बचत हिनामिना गरेको आरोप लागेपछि फरार भएका देवकुमार नेपाली १६ महिनापछि दिल्लीबाट पक्राउ परेका छन् । उनी एमालेबाट निर्वाचित ढोरपाटन नगरपालिका, बाग्लुङका मेयरसमेत हुन् ।

सहकारीको समस्या सिर्जना भएपछि पनि बचत रकम फिर्ता गर्ने सहमति गरेर २०८० जेठ ५ गते मेयर नेपाली एकाएक फरार भएका थिए । उनी फरार भएलगत्तै जेठ १६ गते उनीहरुविरुद्ध उजुरी दिन प्रहरीले आह्वान गरेको थियो भने १२ माघ ०८० मा ‘रेड नोटिस’ जारी भएको थियो ।

उनले आफ्नो घरजग्गाबाट बचत रकम फिर्ता गर्ने भन्दै भिडियो सन्देश समेत जारी गरेका थिए । सहकारीको रकम आफूले घरजग्गामा लगाएको र त्यो बेचेर फिर्ता गर्ने उनले बताउँदै आएका थिए । बागलुङ र पोखराका सहकारीपीडित संघर्ष समितिका पदाधिकारीसँग पनि कानुनी सल्लाहकारमार्फत सम्वाद गरेका थिए ।

सहकारीको कम दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समिति बनाएपछि पनि उनले हुलाकबाट पत्र पठाउँदै आफू बचत रकम फिर्ता गर्न तयार रहेको दाबी गरेका थिए ।

प्रतिक्रिया