प्रचण्डको दावी- देशभर माओवादीप्रीत आकर्षण बढ्दैछ
अखबार टुडे
प्रकाशित:
२०८१, २ आश्विन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीप्रति देशभर आकर्षण बढेको बताएका छन् । बुधबार परामर्श बैठकलाई सम्बोधन गर्दै उनले सातै प्रदेश पुगेर फर्केको र पछिल्लो समय मोरङ, सुनसरी र झापाका विभिन्न कार्यक्रममा पुग्दा पार्टीप्रति जनआकर्षण बढ्दै गएको आफूले पाएको दावी गरेका हुन् ।

अध्यक्ष प्रचण्डले पार्टीप्रति सबैतिर उत्साह बढेको बताउँदै भने, ‘सरकार छाडेपछि कार्यकर्ता र समर्थकमा निराशाजस्ता देखिन्थ्यो । तर, अहिले सबैतिर उत्साह देखिएको छ ।’ उनले राम्रो काम गर्दागर्दै भ्रष्ट, माफिया र दलालहरूले सरकारबाट माओवादीलाई हटाएको जनताले बुझ्दै गएको बताए ।

उनले भने, ‘सरकारका पछिल्ला एकपछि अर्को विवादित कामले अझ बढी जनताले देशका लागि केही गर्ने त माओवादी नै रहेछ भन्ने बुझ्न थालेका छन् । यसलाई अवसरमा बदलेर अघि बढ्नुपर्छ ।’ अध्यइक्ष प्रचण्डले पार्टीलाई थप सुदृढ र एकताबद्ध बनाउनुको विकल्प नभएको समेत बताए ।

प्रतिक्रिया